यामाहाको आर१५ भी४ नेपाली बजारमा, यस्ता छन् विशेषता

यामाहाको आर१५ भी४ नेपाली बजारमा, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
0
Shares

यामाहाको सुविधा सम्पन्न बाइक आर१५ भी४ नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले हालै उक्त बाइक सार्वजनिक गरेको हो। 

कम्पनीका अनुसार आर१५ को चौथो जेनेरेशन भनिएको उक्त बाइक मूलतः ट्र्याक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुचि राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको हो । यस बाइकलाई नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ–कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टु–लेभल सिट’ जस्ता विशेषताहरूले अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाइएको छ । त्यसकारण पनि यो यामाहाको उत्कृष्ट मोटरसाइकलहरूमध्ये एक रहेको कम्पनीको दाबी छ । 

१५५ सीसी एफ्आई इन्जिनमा भीभीए राखी तयार पारिएको आर१५ लाई  ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भीभीए’ जस्ता प्रणालीले समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको छ । चालकले सडकको अवस्थाको अनुकूलता मध्यनजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रिट मोड’मा स्विच गर्न सक्ने सुबिधा रहेको छ ।

साथै चिप्लो बाटोमा ह्विलस्पिनको कारण चिप्लने सम्भावनालाई कम गराउन राखिएको ट्रयाक्शन कन्ट्रोल सुविधाले यात्रालाई अझ सुरक्षित बनाउने कम्पनीले दाबी गरेको छ ।  ‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेशनले यस बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो–स्ट्रेश’ कायम गर्न मद्दत पु-याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड–स्फीटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ ।

‘वाइ कनेक्ट’ समावेश गरिएको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टरले आर१५ मा गियर सिफ्ट इन्डिकेटर, फ्यूल कन्जम्पशन इन्डिकेटर, सिफ्ट–टाइमिङ्ग लाईट, भीभीए इन्डिकेटर, ट्रयाक्शन कन्ट्रोल इन्डिकेटर, मोबाइल फोनको ब्याट्री लेभललगायत सुविधा डिस्प्ले हुनेछन् जसले चालकलाई यात्रामा थप सहजता प्रदान गर्नेछ । 

हाल यामाहा शोरुममा निलो, कालो र रातो कलरमा उपलब्ध यस बाइकको क्रमशः मूल्य ५ लाख ७२ हजार ९ सय र ५ लाख ६२ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

Logo