नेपाली बजारमा सुनचाँदीको अभाव, दसैंपछि दैनिक ३५ केजीसम्म कारोबार

नेपाली बजारमा सुनचाँदीको अभाव, दसैंपछि दैनिक ३५ केजीसम्म कारोबार

केन्द्रबिन्दु
0
Shares

विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ । तिज लागेसँगै दशै, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेपनि अभाव देखिएको हो । 

अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ । तर सुनचाँदी व्यवसायीहरुले ग्राहकहरुको माग अनुसार सुनका गहरगहनाहरु दिन नसकेको व्यापारीहरु बताउँछन् । उनीहरुले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरुको गुनासो छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरु मारमा रहेको बताए । सञ्चारकर्मीसँगकुरा गर्दै अध्यक्ष शाक्यले बजारमा सुनचाँदीका गहरगहना बनाउने कच्चा पदार्थ अभाव रहेकाले ग्राहकहरुको माग अनुसार बजारमा सुनचाँदी दिनसक्ने अवस्था नभएको बताए । उनले गत ६ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमि भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरु मारमा परेको गुनासो गरे । 

अध्यक्ष शाक्यले तिहारको विशेष गरेर धनतेरसको दिन ५० केजीसम्म सुनका गहनाहरु बिक्री हुने बताए । उनले दशैँपछि दैनिक ३० देखि ३५ केजीको हाराहारीमा सुनको कारोबार भइरहेको बताए । धनतेरसको दिन ४० देखि ५० केजीसम्म सुनको कारोबार हुने उनको विश्वास छ । 

उनले भने, ‘चाडपर्वहरु एकपछि अर्को आएता पनि सुनचाँदीको कारोबार बढ्ने समयमा व्यवसायीहरु मारमा रहेका छन् । सुनचाँदीका गरहगहना बनाउने कच्चा पदार्थको अभाव भइरहेको छ । सरकारले विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै गत वैशाखदेखि सुन आयातमा कटौती गरेको छ । पहिला २० देखि २५ केजी सुन आयात भइरहेको थियो । अहिले १० केजी सुन मात्रै आयात भइरहेको छ । तिजपछि सुनचाँदी बजारमा चहलपहल बढ्ने गर्छ । विभिन्न धार्मिक परम्परागत अनुसार नेपालमा सुनचाँदीको ठूलो महत्व रहेको छ । तिहारमा नेपालीहरुको आफ्नो गक्ष अनुसार सुन चाँदीका गहना र धातुका भाडाहरु किन्ने गर्छन् । अहिले मुलुक भर दैनिक ३५ केजी सुनको माग रहेको छ । तर दैनिक १० किलो मात्रै आयात भइरहेको छ । चाडपर्वमा ग्राहकहरुको मागलाई पूर्ति गर्नको लागि बजारमा सुनको अभाव भएर व्यवसायीहरु मारमा परेका छन् । सरकारले तत्कालै सुन आयातको कोटा बनाउन सकेन भने बजारमा सुनको तस्करी बढ्ने,बजारलाई विकृतितिर लैजाने देखिन्छ ।’ 
 
अध्यक्ष शाक्ले धार्मिक परम्परागत रुपमा मानिसहरुले आफूलाई धनको कमी नहोस् भनेर तिहारको पहिलो दिन धनतेरसको दिन सुनचाँदीका गहरगहना राखेर लक्ष्मीको पुजा गर्ने प्रचलन रहेको बताए । उनले धार्मिक आस्था अनुसार मानिसहरुको धनको रुपमा सुन,चाँदीका विभिन्न सामग्रीहरुको बिक्री गर्ने र विशेष गरेर धनतेरसको दिन किन्दा वर्षभर नै धनको कमी नहुने र घरमा लक्ष्मीको वास स्थिर हुने विश्वास रहेको बताए । 

‘नेपालीहरुको दोस्रो महान पर्व तिहारको यमपञ्चकको दिनदेखि पाँच दिनसम्म श्रद्धाका साथ धनको पूजा गरिन्छ । पुजा गर्ने क्रममा घरमा भएका धनका विभिन्न साधनहरुलाई पूजा गर्ने चलन रहेको छ । सबैको चाहन जीवन समृद्ध होस् । धनको कमी नहोस् । त्यसैको प्रतिक स्वरुपमा लक्ष्मी पूजाको दिन लक्ष्मीको पूजा गरिन्छ । यो नेपालीहरुको धार्मिक परम्परगत रुपमा हजारौंँ वर्षदेखि चल्दै आएको प्रचलन हो । सुनले सबै मानवलाई सधैँ आकर्षण गरेको  छ । धार्मिक आस्था अनुसार मानिसहरुको धन प्रतिको लगावका कारण धनको रुपमा सुन,चाँदीका विभिन्न सामग्रीहरुको बिक्री गर्ने र विशेष गरेर धनतेरसको दिन किन्दा वर्षभर नै धनको कमी नहुने र घरमा लक्ष्मीको वास स्थिर हुने विश्वास छ ।’ उनले भने, ‘सुन,चाँदीको सामान १० दिन अगाडि अडर गर्ने र धनतेरसको दिन किन्न आउने गरेका छन् । धनतेरसको दिन अन्य वर्षभर हुने जस्तो भन्दा धेरै सुन चाँदीको कारोबार हुन्छ । सुन चाँदीको गहरगहना किन्ने मानिसहरुको सुन पसलहरुमा भीड लाग्ने गर्छ । व्यापार पनि धनतेरसको दिन नै सबै भन्दा बढी हुन्छ । विगतका धनतेरशका दिन हुने गहरगहनाको बिक्री यो वर्ष कम हुने देखिएको छ । अहिले दैनिक ३५ केजीसम्म सुनको कारोबार भइरहेको छ । धनतेरसको दिन ५० केजी सुन कारोबार हुन्छ ।  चाँदीको अन्य दिनमा ३०० केजी गहना बिक्री हुने गरेकोमा धनतेरसको दिन १ हजार केजी चाँदीको गहना र भाँडाकुँडा बिक्री हुन्छ ।’
 
सुनचाँदीको कारोबार तिहारको पहिलो दिन धनतेरसमा सबैभन्दा बढी कारोबार हुने गरेको छ । सुनचाँदीको सामान १० दिन अगाडि अर्डर गर्ने र धनतेरशको दिन किन्ने गर्दछन् । धनतेरसको दिन अन्य वर्षभर हुने जस्तो भन्दा धेरै सुनचाँदीको कारोबार हुन्छ । सुनचाँदीको गहरगहना किन्ने मानिसहरुको सुन पसलहरुमा भीड लाग्ने गर्छ । व्यापार पनि धनतेरसको दिन नै सबैभन्दा बढी हुन्छ । पछिल्लो समय नेपाली बजारमा तरलता अभाव भएको भन्दै नेपालीहरुसँग नगद अभाव भएको भनिए पनि बजारमा लाखौंको कारोबार भने भइरहेको छ । 

Logo