सगरमाथा सिमेन्टले ल्यायो उपभोक्ता लक्षित आकर्षक अफर

सगरमाथा सिमेन्टले ल्यायो उपभोक्ता लक्षित आकर्षक अफर

केन्द्रबिन्दु
0
Shares

घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम “सगरमाथा सिमेन्टको उपहार इ–स्कुटरको साथमा घरायसी सामानको बहार” योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत सगरमाथा सिमेन्टको बोराहरु भित्र रहेको कुपनको क्यूआर काेडलाई स्क्यान गरी त्यसपछि आउने फारम भरेर यस योजनामा विभिन्न उपहार जित्ने मौका पाउन सकिने कम्पनीले जनाएको छ । 

पौष मसान्तसम्म सन्चालन हुने यस योजनामा इ–स्कुटर, टेलिभिजन, मोवाइल, घरायसी सामान लगायतका उपहारहरु प्रत्येक महिनाको अन्त्यमा लक्कि ड्र मार्फत जित्न सकिने छ । लक्कि ड्र कम्पनीको अफिसियल सोसियल मिडियाका विभिन्न माध्यमबाट प्रत्यक्ष प्रशारण गरिनेछ ।

सन २००९ मा स्थापना भएको घोराही सिमेन्ट उद्योगले विगत एक दशकदेखी बजारमा आफ्नो पहिचान तीव्र रूपमा विस्तार गरेको छ र आफूलाई प्रतिष्ठित कम्पनीको रूपमा स्थापित गरेको छ ।

Logo