नेपालीहरुको महान चाड शुभ दीपावली शुरु भएसँगै बजारमा पनि भीडभाड बढेको छ । काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरु असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी लगायतमा सामान खरिद गर्ने उपभोक्ताहरूको भीड देखिएको हो । लक्ष्मीपूजा र भाइमसला खरिद गर्नेहरुको भीड बढेको छ ।
आइतबार काग तिहार र सोमबार कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । मंगलबार गाईपूजा, बुधबार गोवद्र्र्धनपूजा हलितिहार, म्हपूजा परेको छ भने बिहीबार भाइटीका परेको छ । भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
तस्विरहरू-
बजार फोटो फिचर
प्रकाशित: ६ कात्तिक २०७९ १८:०२ आइतबार