एनएमबि बैंक र युयसआइडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच लगानी सहज बनाउने समझदारी

एनएमबि बैंक र युयसआइडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच लगानी सहज बनाउने समझदारी

केन्द्रबिन्दु
0
Shares

एनएमबि बैंक लिमिटेडले ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युयसआइडी ट्रेड एण्ड कम्पिटिटिभनेसँग सहकार्य गर्ने भएको छ । त्यसका लागि दुवै पक्षले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सहकार्यअन्तर्गत बैंकले दिगोरूपमा लघु, साना र मझौला व्यवसायहरुको लागि वित्तीय पहुँच बढाउने छ । कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत  समूदायलाई सहयोग गर्नेछ ।

युयसआइडी ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो, जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुको लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरू बढाउनको लागि विश्वव्यापी पूँजीकरण एकिकृत गर्न सहयोग गर्ने जनाइएको छ । 

हाल बैंकले देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Skip This
Skip This
Logo