बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको हो ।
साथै बुधबार सेन्सेटिभ इण्डेक्स ७.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स २.७९ अंकले घटेको छ ।
बुधबार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ९७ हजार कित्ता शेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलबारको तुलनामा बुधबार नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
माथिल्लो हेवाखोला जलविद्युत आयोजना २७ अंक, नविल ब्यालेन्स फण्ड ०.३३ अंकले मात्र वृद्धि भएको छ । साथै, समृद्ध लघुवित्त वित्तिय संस्था ६ करोड ७८ लाख २७ हजारभन्दा बढी रुपैयाँको कारोबार भएको र शिभव् सिमेन्टमा भने ६ करोड ८ लाख ४९ हजार ३१९ रुपैयाँको कारोबार भएको छ ।
आज सबै उपसुचक राताम्मै भएको छ । माइक्रो फाइनान्स ११९.४६, जीवन बिमा १९९.९५, विकास बैंक ११०.९७, हाइड्रो पावर ५३.०६, होटल तथा पर्यटन ५६.११, अन्य ३४.५५ ले घटेको छ । त्यस्ते बैंकिङ १४.०४, ट्रेडिङ १७.६८, फाइनान्स ७७.६८, निर्जीवन बिमा १४४.३६ अंकले ओरालो लागेको नेप्सेले जनाएको छ ।





























प्रतिक्रिया