नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन तोलामा १ हजार ३०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको हो । महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ, तेजावी सुन ९६ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँ निर्धारण गरिएको छ ।
हिजो बिहीबार सुनको भाउ स्थीर रहँदै छापावाला प्रतितोला ९५ हजार ४००, तेजावी सुन ९४ हजार ९००रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको थियो ।आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७६१ डलर तथा चाँदी प्रतिऔंस २१।९० डलरमा कारोबार भइरहेको छ ।





























प्रतिक्रिया