भृकुटीमण्डपमा विद्युतीय सवारी मेला ‘ईभी नेपाल एक्स्पो’ हुँदै

भृकुटीमण्डपमा विद्युतीय सवारी मेला ‘ईभी नेपाल एक्स्पो’ हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा विद्युतीय गाडीको मेला ‘इभि नेपाल एक्स्पो’ आयोजना हुने भएको छ।

एसडी एक्स्पो मिडियाको आयोजनामा भृकुटीमण्डपमा मंसिर १६, १७ र १८ गतेसम्म उक्त विद्युतीय गाडीको एक्स्पो आयोजना हुने भएको हो ।  गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको यो सबैभन्दा ठुलो प्रदर्शनी हो ।

यस मेलाको पहिलो उद्देश्य नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्याउनु रहेको आयोजकले जनाएको छ । सो प्रदर्शनीलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर र ईभी ड्राइभ द फ्युचरले पनि सहकार्य गरेका छन् ।

सो प्रदर्शनीमा विशेष गरि विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिने छ ।

पछिल्ला दशक विद्युतीय गाडीको लोकप्रियता बढ्दो छ । नेपालमा जलविद्युत्को उत्पादन समेत बढेको छ । यही सन्दर्भमा नेपाल सरकारले विद्युतीय यातायातलाई प्राथमिकता दिएको छ । पेट्रोलियम इन्धनमा आधारित गाडीको तुलनामा विद्युतीय सवारीले स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरु पनि कम गर्ने दाबी गरिएकाे छ । 

Skip This
Skip This
Logo