सीजी ब्राण्डको फुटबल ‘विश्वकप’ लक्षित क्यासब्याक योजना

सीजी ब्राण्डको फुटबल ‘विश्वकप’ लक्षित क्यासब्याक योजना

केन्द्रबिन्दु
0
Shares

नेपाली इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी ब्राण्डले जारी फुटबल विश्वकप २०२२ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुका लागि क्यासब्याक योजना ल्याएको छ । 

विशेष गरी फुटबलप्रेमी ग्राहकहरुका लागि सीजीका उत्कृष्ट टेलिभिजनहरुमा ५०,९०० सम्मको आकर्षक क्यासब्याक योजना ल्याएको हो । नेपाली ब्राण्ड सीजीले नेपालकै एकमात्र “गुगल–सर्टिफाइड टि.भी.” बजारमा उपलब्ध गराउँदै आएको छ । जसमा ग्राहकहरुले विशिष्ट फुटबल हेराईको आनन्द लिन सक्ने कम्पनिको विश्वास छ । यसमा उत्कृष्ट पिक्चर क्वालिटि लगायत एन्ड्रोइड सिस्टमको सबै फिचरहरु रहेको छ । क्यासब्याक योजनाले यस ब्राण्डका टि.भी.हरुमा ग्राहकहरुको पहँुच झनै सरल र सहझ भएको छ । 

यस सिजी ब्राण्डका टिभीहरु २४ इन्च देखि ७५ इन्चमा उपलब्ध छन् । जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीहरुका साथै एन्ड्रोइड टिभीहरु सहितका नेपालकै एकमात्र गुगल सर्टिफाइड टिभी उपलब्ध छन् । हरेक सीजी टिभीहरुमा ३ वर्षको वारेन्टीका साथै अन्य विभिन्न अत्याधुनिक फिचरहरु पनि रहेका छन् । यसम फाइभ जी नेटवर्कको क्षमता लगायत डोलबाइ अडियोको उत्कृष्ट साउन्ड सिस्टम रहेको छ । उत्कृष्ट, इमर्सिभ टिभी हेराइको अनुभव प्रदान गर्नको लागि मोसन इस्टीमेट र मोसन कम्पोनशेशन फिचर पनि रहेको छ भने टुवे ब्लुटुथ फिचरका साथ २ वटा फरक फरक ब्लुटुथ डिभाइस कनेक्ट गर्न सकिने क्षमता पनि उपलब्ध छ ।
 

Logo