काठमाडौंमा पर्यटक पथ प्रदर्शकहरुका लागि पुर्नताजगी तालिम सम्पन्न भएको छ । टुरिष्ट गाइड एशोसिएसन नेपाल (टुरगान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड, र युएनडिपीको संयुक्त परियोजना जिविको पार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोगमा साे तालिम सम्पन्न भएको हाे ।
तालिम समापनको अवसरमा बोल्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटक पथप्रदर्शकको क्षमता अभिवृद्धिको लागि बोर्डले यो तालिम आयोजना गरेको बताए । ‘पर्यटकलाई सही जानकारी दिने पथप्रदर्शक नै खास पर्यटन दूत हुन् । उनीहरुले पर्यटकलाई गर्ने व्यवहार र सूचनाले नै नेपालबारे उनीहरुको दृष्टिकोण बन्छ । नेपालको छवीलाई कस्तो बनाउने भन्ने कुरा पनि जोडिन्छ । त्यसैले यो तालिम आफैमा महत्वपूर्ण छ ।’ उनले भने ।
नाथमका ट्रावल एण्ड टुरिजम विभागका विभागीय प्रमुख अजय ढकालले नाथमले प्रदान गर्ने तालिमले नेपालको पर्यटन क्षेत्रमा थुप्रै जनशक्ति उत्पादन भएको जानकारी दिँदै यस्ता तालिमहरुले सम्बन्धित क्षेत्रमा काम गरिरहेको व्यक्तिको व्यीक्तत्व विकासको साथै नयाँ परिवर्तनबारे जानकारी हासिल हुने बताए ।
प्रदेश पर्यटन ऐनले लाइसेन्स नवीकरणका लागि रिफ्रेसमेन्ट तालिम अनिवार्य गरेको अवस्थामा आयोजना गरिएको यो तािलमलाई व्यबहारिक बनाउन ३ दिन सैद्धान्तिक र २ दिन प्रयोगात्मक गरी ५ दिनको कोर्श डिजाइन गरिएको जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जन विज्ञ धर्म दवाडीले जानकारी दिए ।
साथै टुरिस्ट गाइड एसोसिएसन नेपालका अध्यक्ष बद्री नेपालले यो तालिमबाट पथप्रर्दशकहरुले थुप्रै व्यहारिक ज्ञानका पर्यटनका नयाँ आयामहरुबारे जानकारी हासिल गरेको जानकारी दिए ।
नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद पाण्डेले तालिममा सिकेको सिपलाई व्यबहारमा प्रयोग गर्न सके यसले नेपालको पर्यटन क्षेत्रले फाइदा लिने बताए ।
प्रशिक्षणमा हिन्दु, बौद्ध धर्म र संस्कृति, गाइडिङ विधि, सुरक्षा, महामारीपछिको पर्यटनमा आएको परिवर्तन लगायतका विषयमा पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठ, डा. विना पौडेल, पशुपति न्यौपाने, पुण्यप्रसाद पराजुलीले लगायतले प्रशिक्षण दिएका थिए । तालिममा ५५ जना पथ प्रदर्शक सहभागी रहेका थिए ।





























प्रतिक्रिया