व्यवसाय अमैत्रीपूर्ण नीतिहरुको विरोधमा नाडाले घोषणा गर्‍यो दवावमूलक कार्यक्रम

व्यवसाय अमैत्रीपूर्ण नीतिहरुको विरोधमा नाडाले घोषणा गर्‍यो दवावमूलक कार्यक्रम


नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले व्यवसाय अमैत्रीपूर्ण नीतिहरुको विरोधमा पहिलो चरणमा दवावमूलक कार्यक्रम गर्ने घोषणा गरेको छ । नाडाले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन को आयोजना गरी विभिन्न माग र सुझावसहित कार्यक्रमको घोषणा गरेको हो । 

नाडाका अध्यक्ष धुव्र थापाले बाध्य र परिस्थितिले नाडाको इतिहासमै पहिलोपटक दवामूलक आन्दोलनमा जानुपरेको बताए । अटोमोबाइल क्षेत्रले सरकारको प्रत्यक्ष राजश्वमा २१ प्रतिशत योगदान, प्रत्यक्ष एक लाख अप्रत्यक्ष रुपमा झण्डै दश लाख जनालाई रोजगारी प्रदान गर्दै आएको उनले जनाए । त्यसैगरी अटोमोबाइल क्षेत्रले नेपालको विज्ञापन बजारमा ४० प्रतिशत र नीर्जीवन बीमाको कुल राजश्वमा ५० प्रतिशत हिस्सा ओगटको पनि उनले उल्लेख गरे ।

अटोमोबाइल व्यवसायसँग सम्बन्धित विषयहरुमा नेपाल राष्ट्र बैंकले ल्याएको एकपछि अर्को व्यवसाय अमैत्री नीति नियमहरुले व्यवसाय धरासायी हुने अवस्थामा पुगेको नाडाले जनाएको छ ।

राष्ट्र बैंकले ल्याएका अमैत्री नियमहरु जस्तै हायर पर्चेच कर्जामा ५० प्रतिशतसम्मको सीमा, जोखिम भारमा वृद्धि, प्रतिपत्र मार्जिनमा बढोत्तरीलगायत विषयमा जारी गरेको कडाइको कारण अटोव्यवसायी पलायन हुने अवस्थामा पुगेको नाडाको धारणा छ । साथै हाल जारी गरिएको चालु पुँजी कर्जा तथा बैंकको ब्याज तथा प्रिमियम दरमा गरिएको वृद्धिका कारण अटो व्यवसाय तहसनहस अवस्थामा पुगेको पनि बताइएकाे छ ।
 
यस्ता छन् नाडाले राखेका माग र सुझावहरु :
१. विगत ८ महिनादेखि नीजि प्रयोजनका कार, जीप भ्यान तथा १५० सिसीमाथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध तत्काल खोल्नुपर्ने ।
२. नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा मार्गदर्शन, २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकुल समयमा आवश्यक परि।मार्जसहित व्यवसायीहरुको सल्लाहमा लागु गरिनुपर्ने ।
३. सतप्रतिशत नगद मार्जिन र पचास प्रतिशत नगद मार्जिन राखेर प्रतिपत्र खोल्नुपर्ने व्यवस्थालाई पहिल्यैकै अवस्थामा ल्याउनुपर्ने ।
४. नेपालको वित्तिय निकायहरुले यही २०७९ कार्तिक १ गतेदेखि लागू हुने गरी कर्जा प्रवाहमा ब्याज बढाउने निर्णय गरेको छ । यसले अटोमोबाइल क्षेत्रलगायत उद्योग व्यवसायमै गम्भिर रुपले प्रभावित भएको कारण व्यवसायीहरुले ब्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएको छ । हालको ब्याज तथा प्रिमियम दरलाई तत्कालै नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नुपर्ने ।
५. अटोलोन हायर पर्चेचको कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्नुपर्ने ।
६. बैंकहरुबाट तरलाता अभावलाई सहज बनाउन सिडी रेसियो लाई पुनरावलोकन गर्नुपर्ने ।
७. बैंकहरुबाट सवारी साधनको हायर पर्चेच लोन स्वीकृत भएपश्चात जारी गरिने डेलिभरी अडर बापत्को भुक्तानी समाअवधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्रै गरिनुपर्ने ।
८. त्यस्तै बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेच लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियो को हालको सीमा पचास प्रतिशतबाट वृद्धि गरी ७० प्रतिशतट कायम गर्नुपर्ने ।
९. पुर्नकर्जा नविकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनुपर्ने ।
१०. कोभिड तथा आयात प्रतिबन्धका कारढा लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुथ्थानको लागि कर्जामा पुर्नतालिकीकरण तथा व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने ।

नाडाका चरणबद्ध आन्दोलनका कार्यक्रम निम्नानुसार छन्-
१. नाडाद्वारा तय गरिएका नाराहरु अटो क्षेत्रका सबै व्यवसायीहरुले फेसबुक, इन्टाग्राम, टुइटरमा प्रोफाइल पिक्चर बनाउने ।
२. नाडाले तय गरेका नाराहरु अटो क्षेत्रका व्यवसायीले चढ्ने गाडीमा टाँस्ने ।
३. नाडाको विरोध कार्यक्रममा सहभागी हहुन नेपाल उद्योग वाणिज्य महासंघमा आजद्ध वस्तुगत संगठन र जिल्ला नगर उद्योग वाणिज्य संघहरु, नेपाल उद्योग परिसंद्द, नेपाल चेम्बरअफ कर्मसलाई समेत औपाचारिक पत्रमार्फत सहयोग माग्ने ।
४. मंसिर २२ गते बिहीबार सम्पूर्ण अटो व्यवसायीहरु कालो पहिरन लगाई, प्लेकार्ड बोकी बिहान ११ बजेदेखि २ बजेसम्म माइतीघर मण्डलामा धर्ना दिने र सातै प्रदेशमा एकैपटक धर्ना कार्यक्रममा बस्ने ।
५. सोही दिन नाडाका औपाचारिक नाराहरु काठमाडौंलगायत सातै प्रदेशमा रहेका संगठनमार्फत सार्वजनिक गर्ने र नेपालभरका सबै सदस्यलाई एकैपटक परिचालन गर्ने ।
६. मंसिर २२ गतेसम्म पनि माग सम्बोधन नभएमा पहिलो चरणको कार्यक्रम समापन गरी दोस्रो चरणको आन्दोलनको लागि पुनः सार्वजनिक गर्ने ।

Logo