पोखरामा वेनेलीको नयाँ शोरुम, ६० हजार डाउन पेमेन्टमै नयाँ मोटरसाइकल

पोखरामा वेनेलीको नयाँ शोरुम, ६० हजार डाउन पेमेन्टमै नयाँ मोटरसाइकल

केन्द्रबिन्दु
0
Shares

बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले आज पोखराको नयाँ बजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ । 

बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको छ । यो नयाँ शोरुम १८०० वर्गफुटमा निर्माण गरिएको छ, जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५०० वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ । यो शोरुममा सेल्स, सर्भिस र स्पेयर पार्टस सुविधा उपलब्ध रहने कम्पनीले बताएको छ । 

पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्ने विश्वा लिइएको छ । यो नयाँ शोरुम उद्घघाटनको उपलक्ष्यमा कम्पनीले ३० हजार रुपैयाँ नद छुट, एक्सचेन्जमा ४० हजार रुपैयाँको न्यूनतम मूल्याङ्कन र ६० हजार रुपैयाँको न्यूनतम डाउनपेमेन्ट स्किम समेत ल्याएको छ । 

यसैगरी ५० प्रतिशत डाउन पेमेन्टमा ग्राहकले शून्य प्रतिशत व्याजदरको सुविधा पाउनेछन् । ग्राहकले मोटरसाइकलको सर्भिसिङ गराउन चाहेको खण्डमा निशुल्क वासको सुविधा, लेवर चार्जमा ५० प्रतिशत छुट र लुव्रिकेन्ट्समा १५ प्रतिशतको छुट समेत पाउने भएका छन् ।

वेनेलीको नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन् । यीमोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ सेग्मेन्टका हुन् । १२५ सीसीदेखि ७५० सीसीसम्मका यी मोटरसाइकलको मूल्य २ लाख ६४ हजार ९०० देखि २५ लाख १५ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

वेनेलीको हाल विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् ।

Skip This
Logo