यस्तो छ आजको विदेशी विनिमयदर

यस्तो छ आजको विदेशी विनिमयदर


नेपाल राष्ट्र बैंकले शुक्रबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलर एकको खरिद मूल्य १३१ रुपैयाँ ५८ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ १८ पैसा कायम रहेको को छ । बिहीबारको अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ २६ पैसा कायम रहेको थियो ।यस्तै, युरोपियन युरो  एकको खरिददर १३८ रुपैया ११ पैसा  बिक्रीदर १३८ रुपैयाँ ७४ पैसा कायम रहेको छ ।

अष्ट्रेलियन डलरको खरिदर ८८ रुपैयाँ ४२ पैसा  र बिक्रीमा ८८ रुपैयाँ ८२ पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ ।
क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै, बिहिबार सिंगापुरे डलरको खरिददर ९६  रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३८ पैसा रहेको छ। 

यसैगरी, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६१ पैसा र बिक्रीमा ९ रुपैयाँ ६५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ९९ रुपैयाँ र बिक्रीमूल्य ३५ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

Logo