‘सरकारले सहयोग गरे ८० प्रतिशत औषधिको माग पूरा गर्छौं’-उमेशलाल श्रेष्ठ (भिडियोसहित)

‘सरकारले सहयोग गरे ८० प्रतिशत औषधिको माग पूरा गर्छौं’-उमेशलाल श्रेष्ठ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
औषधि उद्योगी तथा व्यवसायी उमेशलाल श्रेष्ठले मुलुक तत्काल औषधीमा आत्म निर्भर हुन नसक्ने बताएका छन् ।

अहिले देशमा कुल ६२ वटा औषधि उद्योगहरुले औषधि उत्पादन गरिरहेका छन् । ती कम्पनीहरुले उत्पादन गरेको औषधिले कुल मागको ५० प्रतिशत मात्रै धान्न सक्ने श्रेष्ठले बताए । सरकारले औषधि उद्योगहरुलाई सहयोग मात्र गर्ने हो भने ८० प्रतिशत माग पूरा गर्न सक्ने उनको भनाइ छ ।

श्रेष्ठले उद्योग वाणिज्य महासंघको निर्वाचनमा चन्द्र ढकालको प्यानलबाट उपाध्यक्ष (बस्तुगत) मा उम्मेदवारी दिएका छन् । हामीले आज श्रेष्ठसँग नेपालको औषधि व्यवसाय, यसका सम्भावना र चुनौतीका विषयमा कुराकानी गरेका छौं । हेरौं यो भिडियोमा :

Logo