काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् ।
नेपाल राष्ट्र बैंकले यस वर्ष असोज मसान्तसम्म उठेको ब्याजलाई गत आर्थिक वर्षकै आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरेको छ । उनीहरुले असोज मसान्तसम्मको हिसाब गरेर वित्तीय विवरण निकाल्न राष्ट्र बैंकले भनेको छ । तर अहिले निष्काशन गर्दा पनि असोज मसान्तसम्मको हिसाब अघिल्लो वर्षकै कारोबारमा जोड्न पाउँछन् । कतिपय बैंकले धमाधम वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् भने कतिपय बैंकले असोज मसान्तसम्मको आम्दानी गणना गरी एकैचोटी वित्तिय विवरण सार्वजनिक गर्ने मनशायमा छन् ।
सरकारी स्वामित्वको नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधीमा बैंकले २ अर्ब ५५ करोड ६४ लाख ३९ हजार रुपैँयाँ खुद नाफा कमाएको वित्तीय विवरणले देखाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १.५५ प्रतिशतले कमी हो । बैंकले अघिल्लो वर्ष २ अर्व ५९ करोड ३७ लाख ३६ हजार नाफा कमाएको थियो । बैंकले यस अवधीमा खुद ब्याज आम्दानी र संचालन नाफा पनि घटाएको छ । बैंकले अघिल्लो वर्षको यहि अवधीमा ६ अर्व १८ करोड ९५ लाख ४२ हजार खुद ब्याज आम्दानी गरेको थियो । यस वर्ष बैंकले ९.१ प्रतिशतले खुद ब्याज आम्दानी घटाएको छ ।
त्यस्तै, बैंकको संचालन मुनाफा पनि ४ अर्व ५१ करोड ४७ हजार रुपैँयाँले घटेर ३ अर्व ५६ करोड ६४ लाख ३२ हजार रुपैँयाँमा सिमित भएको छ । बैंकको यो संचालन नाफा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले कमी हो । त्यस्तै, बैंकले जगेडा कोषमा १२ अर्व ९८ करोड ५४ लाख ३५ हजार रुपैँयाँ राखेको छ । बैंकको प्रतिशत शेयर नेटवर्थ २६७ रुपैँयाँ ५० पैसा रहेको बैंकले जनाएको छ ।
त्यसैगरी, सिद्धार्थ बैंकले पनि गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधीमा बैंकले २ अर्ब ९ करोड २७ लाख ७० हजार ७४० रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ७.३० प्रतिशतले कमी हो । बैंकले अघिल्लो वर्षको यसै अवधीमा २ अर्ब २५ करोड ७६ लाख ८८ हजार ३२३ रुपैयाँ नाफा कमाएको थियो । बैंकले यस अवधीमा ८६ करोड ६४ लाख ८४ हजार ७५५ रुपैयाँ वितरण योग्य नाफा कमाएको छ ।
बैंकले खुद ब्याज आम्दानीमा भने सुधार गरेको छ । बैंकले गत वर्ष ५ अर्ब ५८ करोड ७९ लाख ९ हजार ८७७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले अघिल्लो आवको चौथो त्रैमासमा ४ अर्ब ६६ करोड ७३ लाख २७ हजार ७७७ रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । त्यस्तै, बैंकको सञ्चालन मुनाफामा गिरावट आएको छ । गत वर्षको चौथो त्रैमासमा बैंकले ३ अर्ब ६ करोड ५६ लाख ४१ हजार ५९६ रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब २८ करोड ३७ लाख ४ हजार २०३ रुपैयाँ कमाएको थियो । बैंकले ५ अर्ब २४ करोड ३३ लाख ६४ हजार ४६९ रुपैयाँ जगेडा कोषमा राखेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा रहेको बैंकको वित्तीय विवरणले देखाएको छ ।





























प्रतिक्रिया