उद्योगहरुले गरे भाडावृद्धिको विरोध

उद्योगहरुले गरे भाडावृद्धिको विरोध

केन्द्रबिन्दु
0
Shares

पाटन औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा वृद्धिको बिरोध गरेका छन् ।

सोमवार ललितपुरको पाटन औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुको संस्था कल्याण तथा सुरक्षा समितिले पत्रकार सम्मेलन गर्दै औद्योगिक क्षेत्र व्यवस्थापनले औद्योगिक क्षेत्रमा बढाएको ८०० प्रतिशत भाडा वृद्धि तत्काल फिर्ता लिन माग गर्दै बिरोधका कार्यक्रमहरु घोषणा गरेको हो । 

पत्रकार सम्मेलनमा बोल्दै पाटन औद्योगिक क्षेत्र कल्याण तथा सुरक्षा समिति अध्यक्ष शैलेन्द्रलाल प्रधानले सरकारले १० वटा औद्योगिक क्षेत्र भाडा वृद्धि गरी कमाइ खाने भाडोको रुपमा प्रयोग गर्नका लागि नभएको बताए । उनले अहिले औद्योगिक व्यवस्थापन औद्योगिक क्षेत्रको विकास र बिस्तार भन्दा पनि भाडा वृद्धि गरेर उद्योगीहरुलाई समस्या बनाउने काम गरेको भन्दै वृद्धि गरिएको भाडा तत्काल फिर्ता गर्न माग गरे । 

अध्यक्ष प्रधानले १० वटा औद्योगिक क्षेत्रमा भएका उद्योगमा ५० हजार श्रमिकले रोजगार पाएको बताए । उनले औद्योगिक क्षेत्र व्यवस्थापनले औद्योगिक क्षेत्र विकासका लागि काम गर्न छाडेर गैरजिम्मेवारी रुपमा भाडा वृद्धि गरेको आरोप लगाए । सरकारले औद्योगिक व्यवसायीहरुको मागलाई समयमा नै सम्बोधन नगरे मंसिर २५ गतेदेखि चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । 
 
अध्यक्ष प्रधानले ८०० प्रतिशत वृद्धि भएको भाडा तत्काल फिर्ता लिएर नेपाल औद्योगिक क्षेत्र महासंघलाई वार्तामा बोलाउन माग गरे । उनले माग सम्बोधन नगरे मंसिर २५ गते भाडावृद्धि फिर्ता गर्न कालो ब्यानर र कालो झण्डा प्रदर्शन गर्ने चेतावनी दिए । 

Skip This
Skip This
Logo