दशैं-तिहार योजना “होण्डाको दशैंको शुभलाभ” को विजेताहरु घोषित

दशैं-तिहार योजना “होण्डाको दशैंको शुभलाभ” को विजेताहरु घोषित

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको दशैंको शुभलाभ”को विजेताहरु घोषित गरेको छ । 

यस योजनाअन्तर्गत ग्राहकहरूले सात प्रदेशबाट एक एकजना गरी सात जनाले सात लाख रुपैयाँ र बम्परमा लक्की ड्र मार्फत १५ लाख रुपैयाँ नगद उपहार प्राप्त गरेका छन् ।  जसमा प्रदेश १ बाट सत्यसाई अटो प्रालिमार्फत दुर्गा देवी सापकोटा, मधेश प्रदेशबाट मिशिका इन्टरप्राइजेजमार्फत अमितकुमार शाह, बाग्मति प्रदेशबाट एसटीसी टेकुमार्फत मनिश बज्राचार्य र गण्डकी प्रदेशबाट कुंवर ब्रदर्शमार्फत कृष्णकुमार आले विजेता घोषित भएका छन् । 

साथै लुम्विनी प्रदेशबाट अमृत इन्टरनेशनल प्रालीबाट विष्णु पोखेरल, कर्णाली प्रदेशबाट डाँफे अटोपार्ट्समार्फत सुनिता खत्री र सुदुरपश्चिम प्रदेशबाट उमा ट्रेडर्समार्फत लक्ष्मण भट्टले एक लाख रुपैयाँ उपहारस्वरुप प्राप्त गरेका छन् । 

त्यसैगरी चन्द्र बहादुर थापाले सिद्धिविनायक अटो प्रालीमार्फत बम्पर उपहारमा १५ लाख रुपैयाँ प्राप्त गरेका छन् । साथै फाइनान्समा खरिद गरेको ग्राहकहरूलाई पनि बम्पर लक्की ड्रमा सामेल गरिएको छ । 

Skip This
Skip This
Logo