चन्द्रागिरि हिल्सको भ्रमण गर्दै भारतीय अभिनेताले भने- ‘अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्य’

चन्द्रागिरि हिल्सको भ्रमण गर्दै भारतीय अभिनेताले भने- ‘अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्य’

केन्द्रबिन्दु
0
Shares

भारतका चर्चित अभिनेता विवेक ओबेरोयले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । 

पारिवारिक भ्रमणमा नेपाल आएका अभिनेता विवेकले भ्रमणका क्रममा आज भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरि हिल्स रिर्सोटमा लन्च गर्दै मनोरम दृष्यहरुको पनि अवलोकन गरेका हुन् । उनलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक संजिव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । 

अभिनेता विवेकले चन्द्रागिरि भ्रमणबारे प्रतिक्रिया दिँदै काठमाडाैंको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिए । 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्सरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Logo