वीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई सेवाबाट हटाएको छ ।
बिहीबार महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरपालिकाको कार्यालय र यस अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई पुस १ गते शुक्रबारदेखि सेवाबाट हटाइएको जनाएको छ ।
महानगरको नगरकार्यपालिकाको मंसिर २६ गतेको निर्णयअनुसार महानगरको कार्यालय, यस मातहतका सबै वडा कार्यालय, स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दैनिक ज्यालादारीमा कार्यरत वारुणयन्त्र शाखा र नगर प्रहरीबाहेक अरू सबै कर्मचारीलाई पुस १ गतेबाट लागू हुनेगरि ज्यालादारी सेवाबाट हटाइएको सूचनामा उल्लेख छ ।
गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरू आएपछि महानगरपालिकाले दैनिक ज्यालादारीमा ४५० जनाभन्दा बढि कर्मचारीलाई नियुक्त गरेको थियो। महानगरका प्रशासन महाशाखा प्रमुख राम कुमार कुशवाहाले लक्षित काम सकिएसँगै दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूको समयावधि नथपिएको बताए ।





























प्रतिक्रिया