मुख्यसचिव बैरागीद्वारा लुम्बिनी केवलकारको स्थलगत निरीक्षण

मुख्यसचिव बैरागीद्वारा लुम्बिनी केवलकारको स्थलगत निरीक्षण

केन्द्रबिन्दु
0
Shares

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले लुम्बिनी केवलकारको स्थलगत निरीक्षण गरेका छन् । शनिबार बैरागी नेतृत्वको सरकारी टोलीले लुम्बिनी केवलकारको स्थलगत निरीक्षण गर्दै निर्माणसम्बन्धी जानकारी लिएको हो ।  

निरीक्षणका क्रममा मुख्यसचिव बैरागीले केबलकार निर्माणसम्बन्धी प्रगती विवरण लिनुका साथै केवलकारको सन्चालनपछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राखेका थिए । 

उनले यस केवलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न आग्रह समेत गरे । 

उक्त अवसरमा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केवलकार निर्माणको प्रगति बारेमा जानकारी गराउँदै आगामी १र२ महिना भित्रमै केबलकार सञ्चालनमा आइसक्ने जानकारी गराए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले केवलकारको झण्डै ९० प्रतिशत काम सकिसकेको तर रिसोर्टलगायत अन्य पूर्वाधारको काममा भने केही समय लाग्ने बताए । 

‘अबको १/२ महिनापछि केबलकार सञ्चालनमा आउँछ । तर बटम र टप स्टेसनमा बन्दै गरेको रेष्टुरेन्ट र रिसोर्ट तथा अन्य पूर्वाधारहरुको निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्नेछ । केबलकारबाट पाल्पाको वसन्तपुर डाँडामा पुगेर त्यहाँ रहेको मन्दिरको दर्शन गर्नुकासाथै त्यहाँबाट हिमालदेखि तराईसम्मको दृश्यावलोकनको आनन्द लिन सकिनेछ ।’ उनले भने । 

लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक र नेपालको सीमा क्षेत्रका भारतीय पर्यटकलाई यो केबलकार सहितको रिसोर्ट नयाँ पर्यटकिय गन्तव्य बन्ने कम्पनीको विश्वास रहेको छ ।

Logo