आगामी फेब्रुअरी १७ देखि १९ सम्म मुस्ताङमा आयोजना हुने नेपाल राइडर्स मिटका लागि रजिष्ट्रेसन खुलेको छ ।
मंगलबारदेखि रजिष्ट्रेसन खुलेको छ । राइडर्स मिटमा पहिले रजिष्ट्रेसन गर्ने १०० जनाले मात्रै सहभागिता जनाउन पाउने छन् । नेपाल पर्यटन बोर्डको सहयोगमा फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपाल (फोरे नेपाल) ले आयोजना गर्ने नेपाल राइडर्स मिटको यो पाँचौ संस्करण हो । मोटरसाइकल संस्कृति र लाइफस्टाइलमार्फत स्थानीय पर्यटनलाई समेत प्रवद्र्धन गर्ने उद्देश्यले उनीहरु यस प्रकारको इभेन्ट आयोजना गर्छन् ।
फोरे नेपाल अन्तर्गत रहेका नेपालभरका विभिन्न इन्फिल्ड क्लबहरु यसको आयोजक हुने गर्छन् । नेपाली राइडरका लागि ८ हजार ५ सय, भारतीयका लागि ६ हजार ५ सय भारु र अन्य विदेशीका लागि १०० डलर शुल्क तोकिएको सो कार्यक्रमका लागि फोरे नेपालको वेबसाइटमार्फत रजिष्ट्रेसन गर्न सकिन्छ ।
राइडर्स मिट कार्यक्रममा नेपाल, भारत र अन्य विभिन्न देशका रोयल इन्फिल्ड राइडरहरु सहभागी हुने र विभिन्न प्रकारको इभेन्ट आयोजना गरिने आयोजकको भनाइ छ ।





























प्रतिक्रिया