सानिमा बैंक र स्मल वर्ल्ड फाइनान्सियल सर्भिसेजबीच युरोप-नेपाल रेमिटेन्स सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ।
यस सम्झौतापछि युरोपका विभिन्न देशहरूबाट नेपालमा सहजै रेमिटेन्स पठाउन सकिने बताइएको छ । युरोपबाट रेमिटेन्स पठाउन कम्पनीको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ।
यस सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिटेन्स सेवामार्फत युरोपबाट पठाएको रकम नेपालभरी १६ हजारभन्दा बढी आधिकारिक प्रतिनिधि मार्फत नगदमै भुक्तानी लिन सकिने बैंकको भनाइ छ। साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खातालगायत कुनै पनि बैंकको खातामा २४सै घण्टा ३६५ दिन रियल टाइममा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ।
बैंकले रेमिटेन्समार्फत युएइ, मलेशिया, कतार, युके, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिकालगायत विश्वभरिबाट रेमिटेन्स सेवा दिँदै आइरहेको छ। साथै, बैंकले आन्तरिक रेमिटेन्स सेवा पनि दिँदै आइरहेको छ।
बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालयहरू र १२३ एटिएम सञ्जालहरू सञ्चालनमा रहेका छन्।































प्रतिक्रिया