आजको फलफुल तथा तरकारीको मूल्य

आजको फलफुल तथा तरकारीको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार शुक्रबार रातो आलुको मूल्य प्रतिकेजी ४८ रुपैयाँ रहेको छ ।

ठूलो गोलभेँडा ४८ रुपैयाँ प्रतिकेजीमा किनबेच भइरहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो । कन्य च्याउको मूल्य प्रतिकेजी १८० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । ब्रोकाउली ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तैगरी तामाको मूल्य ९० रुपैयाँ प्रतिकेजी छ । राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौँला ९० रुपैयाँ, तिते करेला ९० रुपैयाँ, प्याज सुकेको ५० रुपैयाँ, भिण्डी ८० रूपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनिया ९० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भइरहेको छ । 
 

Skip This
Skip This
Logo