कोरोना संकटमा हवाईमार्गबाट ४४ हजार ७९९ नेपाली स्वदेश फर्किए

कोरोना संकटमा हवाईमार्गबाट ४४ हजार ७९९ नेपाली स्वदेश फर्किए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वैदेशिक रोजगारीमा अलपत्र परेका करिब ४५ हजार कामदार स्वदेश फर्किएका छन् । कोभिड १९ क्राइसीस म्यानेजमेन्ट सेन्टरका अनुसार शुक्रबारसम्म ४४ हजार सात सय ९९ जना स्वदेश फर्किएका छन् ।

सेन्टरका मलेसिया, खाडी लगायत ३० देशबाट अलपत्र परेका कामदारलाई सरकारले फर्काएको हो। सरकारले गत जेठ अन्तिम सातादेखि कोरोना भाइरस (कोभिड १९) बाट विदेशमा अलपत्र परेका कामदारलाई स्वदेश फर्कारहेको छ।

सरकारले चार्टर्ड उडानबाट कामदारकै पैसामा विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काएको हो। फर्केका ७५ प्रतिशत भन्दा बढी वैदेशिक रोजगारीमा रहेका कामदार रहेका छन्।

सेन्टरका अनुसार युएईबाट १२ हजार २५, साउदी अरबबाट ६ हजार पाँच सय ८२, कुवेतबाट ६ हजार तीन सय २९ जना र मलेसियाबाट ६ हजार चार सय ६४ जना स्वदेश फर्किएका छन्।

कतारबाट ५ हजार दुई सय ४१, जापानबाट एक हजार २३, बहराइनबाट नौ सय ८०, माल्दिभ्सबाट सात सय नौ, बंगलादेशबाट आठ सय ४१, अष्ट्रेलियाबाट सात सय ९५, ओमानबाट चार सय ९२ स्वदेश फर्किएका छन्।

अमेरिकाबाट चार सय २३, बेलायतबाट दुई सय २९, इजरायलबाट एक सय २७, चाइनाबाट दुई सय आठ, टर्कीबाट एक सय १०, फिलिपिन्सबाट दुई सय एक, थाईल्यान्डबाट तीन सय २६, दक्षिण कोरियाबाट सात सय २०, सिंगापुरबाट दुई सय ९२, दक्षिण सुडानबाट दुई सय ५० जना स्वदेश फर्किएका हुन्।अन्नपूर्णबाट

Skip This
Skip This
Logo