ग्लोबल आइएमईद्वारा बृहत् रक्तदान

ग्लोबल आइएमईद्वारा बृहत् रक्तदान

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आइएमई बैंकले देशव्यापी बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

बैंकले आफ्नो १६औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रक्तदान कार्यक्रमआयोजना गरेको हो । बैंक पौष १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले सोमबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमअन्तर्गत, प्रदेश १ को झापा बिर्तामोड शाखा, मधेश प्रदेशको सिरहा मिर्चैया शाखा, बागमती प्रदेशको काठमाडौं कान्तिपथ शाखा, बागमती प्रदेशकै चितवन भरतपूर शाखा, गण्डकी प्रदेशको कास्की न्यूरोड शाखा, पोखरा, लुम्बिनी प्रदेशको दाङ घोराही शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, वीरेन्द्र चोकर सुदूरपश्चिम प्रदेशको कैलाली धनगढी चौराहामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । 

देशभर आयोजित कार्यक्रममा ५ सय १२ रक्तदाताहरुबाट २४२ लिटर रगत दान गरिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाज उपयोगी कार्यहरु मार्फत जनतालाई प्रत्यक्षरुपमा लावान्भित गराउँदै आएको छ ।

 

Logo