अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ बढेको छ।

बुधबार एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा रहेको थियो। यो मूल्य अघिल्लो दिनको २३ पैसा बढेको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३९ रुपैयाँ ६३ पैसा र बिक्रीमा १४० रुपैयाँ २६ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५९ पैसा छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५९ पैसा छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २० पैसा र बिक्रीदर ३५ रुपैयाँ ३६ पैसा तोकेको छ।

बुधबार युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३ पैसा र बिक्रीमा ३६ रुपैयाँ १९ पैसा तोकिएको छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रुपैयाँ ३ पैसा र बिक्रीमा ३० रुपैयाँ १७ पैसा पाइन्छ।  कुवेती दिनार एकको खरिदमा ४३२ रुपैयाँ ५ पैसा र बिक्रीमा ४३४ रुपैयाँ १ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ५५ पैसा तोकिएको छ।

Logo