यस्तो छ आजको विनिमय दर

यस्तो छ आजको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको शुक्रबारको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ८० पैसा र बिक्रीदर १३२ रूपैयाँ ४० पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ र बिक्रीमा १४० रूपैयाँ ६४ पैसा  तोकिएको छ । यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ६१ पैसा र बिक्रीदर १५९ रूपैयाँ ३४ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ९८ पैसा र बिक्रीमा ९० रूपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ६१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७ पैसा र बिक्रीमा ३६ रूपैयाँ २३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६ पैसा र बिक्रीदर ३५ रूपैयाँ २२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ ४ पैसा र बिक्रीमा ३० रूपैयाँ १७ पैसा पाइन्छ। शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५१ रूपैयाँ १७ पैसा तोकिएको छ।

Skip This
Skip This
Logo