आईएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरुमध्ये सन् २०२३ को लागि एक सिओटीसहित ३४ जना एमडिआरटि सम्मानित भएका छन् । कम्पनिले हालै एक समारोहका बीच उनीहरुलाई सम्मान गरेको हो ।
उक्त अवसरमा यसपाली एमडिआरटिको रुपमा सम्मानित हुनेमा शारिरीक रुपमा विशेष रुपले सक्षम डडेलधुरा शाखाका नरेन्द्रसिंह भाटसमेत हुनुले काम गर्न दृढ संकल्प भएमा जे पनि गर्न सकिने उदाहरणसमेत स्थापित भएकोमा गौरवान्वित महसुस गरेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए ।
कम्पनिको समय सापेक्षबजार नीतिको कारणले गर्दा सम्पूर्ण अभिकर्ताहरु उत्प्रेरित भएकाले अहिलेको आर्थिकरुपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरुले एमडिआरटि उपलब्धि हासिल गरेको कम्पनीका प्रमुख सन्चालन अधिकृत दिनेश अमात्यले बताए ।
एमडिआरटि अर्थात मिलियन डलर राउण्ड टेबल सन् १९२७ मा रजिष्टर भएको एमडिआरटि एक बिदेशी संस्था हो । जहाँ ७२ देशका ५०० कम्पनी सामेल रहेका छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरु सहभागी हुन पाउँछन् ।





























प्रतिक्रिया