नेपाल प्रहरीले काठमाडौंको होटल सोल्टीमा शनिबारदेखि सुरू भएको दुबई प्रोपर्टी मेला रोकेको छ ।
आइतबारसम्मको लागि तय भएको उक्त मेला सरकारी निकायको अनुमति बिना हुन लागेको पाइएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली पुगेर रोकेको हो । साे क्रममा प्रहरीले पाँच जना भारतीय नागरिकको राहदानी पनि नियन्त्रणमा लिएको छ। दुबईको म्याक भन्ने कम्पनीले काठमाडौंमा मेला गरेको थियो ।
हरेक वर्षजसो काठमाडौंको पाँचतारे होटलमा दुबईमा घरजग्गा बिक्री गर्नको लागि मेला लाग्ने गरेको छ । तर, नेपाल राष्ट्र बैंकले साे मेला हुन लागेको जानकारी पाएपछि एक सूचना जारी गरेर नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लागेको भन्दै यो काम गैरकानूनी हुने जनाइसकेको छ ।





























प्रतिक्रिया