सन् २०२२ मा १ लाख ५२ हजार भन्दा बढी नेटा इलेक्ट्रिक कार बिक्री भएका छन् ।
कम्पनीका अनुसार थाइल्यान्ड, नेपाल लगायतका विभिन्न एसियाली राष्ट्रमा उपलब्ध यस इलेक्ट्रिक कार गत वर्ष भन्दा ११८ प्रतिशत बढीले बिक्री भएको हो । होजोन अटोद्वारा उत्पादित इलेक्ट्रिक कार नेटा भी आगामी दिनमा अन्य एसियाली राष्ट्रमा समेत प्रवेश गर्ने बताइएको छ । नेटा ब्रान्ड पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार भएकाले पछिल्लोसमय यसमा ग्राहकको आकर्षण बढ्दो छ ।
नेपाली बजारमा पनि नेटा भी इलेक्ट्रिक कार उपलब्ध छ । गत जेठ महिनामा सीजी मोटर्सले भित्र्याएको थियो । उक्त कारले एक पटकको फुल चार्जमा ३८० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीको दाबी थियो । उक्त कारमा ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ हुन्छ भने अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा रहेको छ । बजारमा हाल चाइनिज र भारतीय इलेक्ट्रिक कार निर्माता कम्पनीका इलेक्ट्रिक सवारी साधन उपलब्ध छन् ।





























प्रतिक्रिया