सेन्ट्रल फाइनान्सको नाफा झण्डै १०० प्रतिशतले घट्यो

सेन्ट्रल फाइनान्सको नाफा झण्डै १०० प्रतिशतले घट्यो

केन्द्रबिन्दु
0
Shares

सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फाइनान्सको नाफा घटेको छ । फाइनाल्सको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १०० प्रतिशत कम भएको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्सले ३ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९८ दशमलव ८६ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ३ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढ्दा फाइनान्सको खुद नाफा घटेको हो । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३ दशमलव ५१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५४ दशमलव ६३ प्रतिशत घटेको छ । फाइनान्सको इम्पेरमेन्ट चार्ज २ करोड रुपैयाँबाट बढेर ६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यससँगै सञ्चालन मुनाफा ९८ दशमलव ९४ प्रतिशत घटेको छ ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ७ रुपैयाँ ८७ पैसा घटेर ८ पैसामा सीमित भएको छ । पुस मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ४३२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ८ पैसा रहेको छ ।

चुक्ता पूँजी ९४ करोड ८८ लाख रुपैयाँ रहेको यस फाइनान्सको जगेडा कोष शून्य दशमलव ९६ प्रतिशत घटेको छ । समीक्षा अवधिमा फाइनान्सको सापटी १ दशमलव ५६ प्रतिशत बढेको छ भने कर्जा २ दशमलव शून्य ३ प्रतिशत घटेको छ ।

Skip This
Skip This
Logo