यूटीएलले ५ अर्ब ३० करोड बढी बक्यौता तिर्न बाँकी, माघ मसान्तभित्र तिर्न ताकेता

यूटीएलले ५ अर्ब ३० करोड बढी बक्यौता तिर्न बाँकी, माघ मसान्तभित्र तिर्न ताकेता

केन्द्रबिन्दु
0
Shares

नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई ५ अर्ब ३० करोड भन्दा बढी बक्यौता रकम तिर्न ताकेता गरेको छ ।

प्राधिकरणले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै ५ अर्ब ३० करोड ९४ लाख ९४ हजार १५३ रुपैयाँ बाँकी बक्यौता रकम माघ मसान्तसम्म बुझाइसक्न भनेको हो । प्राधिकरणका अनुसार २०७३ भदौ २० गते युटिएलका लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र जारी गरिएको थियो । त्यसपश्चात युटिएलबाट नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने अनुमतिपत्र नवीकरण दस्तुरवापतको किस्ता, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामिण दूरसञ्चार विकास कोष लगायतको बक्यौता रकम दाखिला गर्न बाँकी छ ।

लामो समय दाखिला नभएकोले हालसम्म बाँकी रहेको सम्पूर्ण बक्यौता यही मिति २०७९ माघ मसान्तसम्म बुझाई सोको सक्कल भौचर प्राधिकरणमा दाखिला गर्न प्रकाशित सूचनामा भनिएको छ । प्राधिकरणले उल्लेखित समय भित्र उपरोक्त बक्यौता रकम दाखिला नगरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाउने चेतावनी पनि दिएको छ ।

 

Skip This
Skip This
Logo