‘भ्यालेन्टाइन डे’को अवसरमा यामाहाले ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ ।
‘की टू द गोल्डेन हार्ट’ नामक यस रोमाञ्चक र रोमान्टिक योजनामा यामाहाका सीमित मोडेलहरुको खरिदमा ग्राहकहरुले हरेक हप्ता एउटा सुनको लकेट र सुनको चाबी उपहार स्वरूप पाउन सक्नेछन् । लक्की ड्र मार्फत हरेक हप्ता बिजेता घोषणा गरिनेछ ।
कम्पनीका एफजेड-एस एफआई भर्सन ३.०, एफजेड-एस एफआई भर्सन २.०, एफजेड एफआई भर्सन २.०, एसजेड-आरआर भर्सन २.०, सलुटो १२५ सीसी, रे जेडआर १२५ एफआई, फ्यासिनो १२५ एफआई र रे जेड ११३ सीसी मोडेल खरिदमा उक्त अफर समावेश गरिएको हो । साथै यसमा १ लाखसम्मको क्यासब्याकको अफर पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
यो अफर स्कुटरमा १७ फेब्रुअरी २०२३ सम्म मात्र लागु हुनेछ भने यामाहाको बाइकमा नयाँ योजना घोषणा नगरेसम्म लागू हुनेछ । खरिदकर्ताहरुलाई सहजताका लागि २० प्रतिशत डाउनपेमेन्टको विकल्प पनि कम्पनीले दिएको छ ।





























प्रतिक्रिया