प्रतिस्पर्धा तीव्र इन्टरनेटको

प्रतिस्पर्धा तीव्र इन्टरनेटको

केन्द्रबिन्दु
0
Shares

कम्प्युटर एसोसिएसन नेपाल महासंघले आयोजना गरेको क्यान इन्फो–टेक २०२३ भृकुटीमण्डपमा चलिरहेको छ । इन्फो–टेकमा विभिन्न कम्पनीले ल्याएका नयाँ उत्पादन र सेवा सम्बन्धी जानकारी गराउँदै आएका छन् । 

माघ २९ गतेसम्म चल्ने मेलामा नेपालभरी सेवा विस्तार गर्दै आएका इन्टरनेट कम्पनी डिस होम नेटवर्क, सुबीसु केबल नेट, स्काई ब्रोडब्याण्ड र नेपाल टेलिकमले ग्राहकको लागि छुट्टा छृट्टै सेवा सुविधा तथा मेला विशेष अफरहरु ल्याएका छन् ।

डिस होम नेटवर्क
डिसहोम नेपालले सञ्चालनमा ल्याएको फाइबर नेट सेवाले नेपालमै पहिलो पटक वाइफाई सिक्स राउटर उपलब्ध गराएको सिनियर ब्राण्ड अफिसर समिर साहनीले बताएका छन् । उनका अनुसार वाइफाई सिक्स राउटरमा सिम लेस कनेक्टिभीटी हुन्छ । यसमा अटो स्वीच हुने भएका कारण घरको जुनसुकै कुनामा गएपनि बाइफाइ कनेक्ट हुन्छ । नेपालमा भएका आइएसपी मध्य वाइफाई सिक्स राउटर ल्याउने डिस डोम नेटवर्क पहिलो हो । यस राउटर प्रयोग गर्दा एकै पटकमा ३०–४० वटा डिभाईसमा सजिलै वाइफाई कनेक्ट गर्न सकिन्छ । एकै पटक धेरै डिभाईसमा वाइफाई जडान हुँदा पनि क्वालिटी घट्दैन ।

सुबीसु केबल नेट प्रा.लि
इन्टरनेट सेवा प्रदायक संस्था सुबीसु केबल नेट प्रा.लिले भृकुटीमण्डपमा सञ्चालन भइरहेको क्यान इन्फो–टेकको लागि विशेष इन्टरनेट प्याकेज ल्याएको छ । क्यान इन्फो–टेकको बेला सुबीसु केबल नेट आफ्नो घर तथा अफिसमा जडान गर्ने ग्राहकका लागि दुई ओटा अफर ल्याएको विजनेस डेभलपमेन्ट असिस्टेन्ट रोजन शाक्यले बताएका छन् । 

“सुबीसुको इन्टरनेट प्याकेज १०० एम.बी.पी.एस खरिद गर्दा एक वर्षको १२ हजार ९ सय ९९ रुपैयाँ पर्छ,” उनले भने, “३०० एम.बी.पी.एस खरिद गर्दा एक वर्षको १८ हजार ९ सय ९९ रुपैयाँमा आउँछ ।”

बिगत २२ वर्षदेखि इन्टरनेट सेवा दिदै आएको सुबिसु केबल नेट टप ५ कम्पनीमा पर्ने विजनेस डेभलपमेन्ट असिस्टेन्ट शाक्यले बताए । उनले भने, “सुबीसुले काठमाडौं उपत्यकाको सबै ठाउँमा इन्टरनेट सेवा दिदै आएको छ र उपत्यका बाहिर पनि लगभग सबै ठाउँमा पुगिसकेको छ ।”

नेपाल टेलिकम
क्यान इन्फो–टेक मेलामा नेपाल टेलिकमले निःशुल्क सिमकार्ड तथा ई सिमहरु उपलब्ध गराएको नेपाल टेलिकमका सहायक प्रशासन अधिकृत गणेश प्रसाद गौतमले बताएका छन् । उनले भने, “मेलामा ग्राहकहरुलाई ई–सिम कसरी एक्टिभ गर्ने, कसरी चलाउने र इ–सिम चलाउन कस्तो डिभाइस उपयुक्त हुन्छ सबै जानकारी गराएका छौं ।”

माघ २२ गते सम्पन्न भएको वार्षिक उत्सवको अवसरमा नेपाल टेलिकमले ल्याएको नयाँ अफरको बारेमा पनि यसै मेला मार्फत ग्राहकलाई जानकारी गराउदै आएको सहायक प्रशासन अधिकृत गौतमले बताए । 

स्काई ब्रोडब्याण्ड
विगत ७ वर्षदेखि इन्टरनेट सेवा प्रधान गर्दै आएको स्काई ब्रोडब्याण्ड कम्पनीले नवीनतम तथा उच्चस्तरीय प्रविधिका उपकरणहरु तथा प्रविधि उपलब्ध गराउने उदेश्यका साथ संचालन गरिएको आई.ओ.टी नेपाल प्रा.लि.ले हालै क्यान इन्फोटेकको अवसरमा भिलो ब्राण्डको वाइफाई मेनेजमेन्ट सिस्टम तथा स्याङ्फर ब्राण्डको इन्टरनेट एक्सेस गेटवेको बिक्री नेपाली बजारमा सुरुवात गरेको छ ।

स्काई ब्रोडब्याण्डले अमेरिकी भिलो वाइफाई म्यानेजमेन्ट सिस्टम ल्याएको कम्पनीका सिइओ सुमनलाल प्रधानले बताएका छन् । उनका अनुसार पहिला हामीलाई नेपालमा इन्टरनेट कसरी ल्याउने भन्ने चुनौती हुन्थ्यो । अहिले त्यो समस्या त समाधान भयो तर अहिलेको चुनौती ग्राहकको घर भित्रको वाइफाई प्रणालीमा गएर अड्किएको छ । यी सबै समस्या समाधान गर्न हामीले भिलो वाइफाई मेनेजमेन्ट सिस्टम ल्याएका हौं ।

“ग्राहकलाईराम्रो स्पिडको व्यवस्था गरिएपनि ग्राहकका अफिसका सबै कुनामा इन्टरनेट राम्रोसँग नटिप्ने, धेरै डिभाइसहरु जोडिने, अनावश्यक डिभाइसहरु पनि रहने तरंगहरु एक आपसमा खप्टिने आदिका कारण आईएसपीहरुले ग्राहकहरुको गुनासा व्यहोर्नु परेको हुन्छ,” उनले भने, “भिलो ब्राण्डको वाइफाई मेनेजमेन्ट सिस्टमको व्यवस्थाले यी सबै समस्याको समाधान सजिलै गर्न सकिन्छ । साथै ग्राहकले पनि मोबाइलको एप मार्फत सजिलै आफ्नो घर तथा अफिसको डिभाइसहरु निगरानी तथा नियन्त्रण गर्न सकिन्छ । भिलो ब्राण्डको वाइफाई मेनेजमेन्ट सिस्टमको प्रयोगले आफ्ना ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्न सकेको स्काइ ब्रोडब्याण्डका अधिकारीहरुको भनाइ छ ।

Skip This
Skip This
Logo