ग्लोबल आइएमई बैंक लिमिटेडले ५ बर्ष अवधिको “११.२५ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५”निस्कासन गरी बिक्री खुला गरेको छ ।
बैंकले ५ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँप्रति ऋणपत्र अंकित मूल्यका ५० लाखकित्ता ऋणपत्र माघ २९ गते देखि निस्कासन गरेको हो । निस्कासन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाखकित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्नेछ ।
सर्वसाधारणलाई निस्कासन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाखकित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । जसमध्ये बिक्रि हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्रि गरिनेछ । यसर्थ सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋणपत्र खरिद गर्न सक्नेछन् ।
बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र निस्कासन तथा बिक्री छिटोमा फाल्गुन ३ गते गते र ढिलोमा फाल्गुन १४ गतेसम्म बन्द हुने गरी तोकिएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको यस ऋणपत्रको अवधि ५ वर्षको रहेको छ । वार्षिक ११.२५% का दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने छ ।
बैंकले ऋणपत्रको निस्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेडलाई तोेकेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवं तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।































प्रतिक्रिया