अहिले प्रविधि मानिसको आधुनिक अंग बन्दै गइरहेको छ । विश्वमा अहिले नयाँ–नयाँ टेक्नोलोजीको विकास भैरहेको छ । टेक्नोलोजीले हरेक देशको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । मानिसको आवश्यकता पूरा गरेको छ । प्रविधिले मानिसका हरेक समस्या समाधान गरिदिनाले धेरै सहज बनाएको छ । विभिन्न देशहरु नयाँ–नयाँ प्रविधिको विकासमा अघि बढ्ने होडबाजीमा छन् । प्रविधिको विकासमा नेपाल पनि अघि बढिरहेको छ ।
नेपालले पनि ‘स्मार्ट हाजिर’ नामक सफ्ट्वयर ल्याइसकेको छ जहाँबाट आफ्नो छुटेको हाजिर जहाँबाट पनि गर्न सकिन्छ । यो सफ्टवयरको प्रयोगले कार्यालयको काममा निकै सघाउ पुग्छ । ‘स्मार्ट हाजिर’ ले लेखेर गर्नुपर्ने हाजिरी होस् या अफिसको ढोकामा बायोमेट्रिक्समा थम्ब दबाएर गरिने हाजिर यी सबै झन्झटलाई हटाएर हात–हातमा बायोमेट्रिक्सको व्यवस्था गरिदिएको छ । यो हाजिर गर्नको लागि मात्र मोबाइल फोन चाहिने एप डेभलपर उत्तम धरेल बताउँछन् । उनी भन्छन्, ‘स्मार्ट हाजिर भनेको एप बेस कम्पनी हो । यसबाट हाजिर गर्न मोबाइल मात्र चाहिन्छ । यो एप प्रयोग गरिसकेपछि आफ्नो हाजिर आफै जहाँबाट पनि गर्न सकिन्छ । अफिसको नेटवर्कमा कनेक्ट भैसकेपछि जहाँबाट पनि हाजिर गर्न सकिन्छ । नेपालमा नै पहिलो पटक सबैभन्दा सस्तो र भरपर्दो हाजिरी सिस्टम ‘स्मार्ट हाजिर हो ।’
स्मार्ट हाजिर सन् २०१९ मा डेभलप भएको हो । यो एप नेपालमा नै पहिलो पटक स्थापना भएको हो । यसमा विभिन्न स्मार्ट फिचरहरु छन् । स्मार्ट हाजिरको प्रयोग गर्न न कुनै अन्य डिभाइस चाहिन्छ न कुनै हार्डवेयर । यो एपबाट हाजिरी गर्न, स्टाफ ट्रयाकिङ गर्न, इभेन्ट्स तथा मिटिङ आयोजना गर्न, छुट्टीका लागि निवेदन दिन जस्ता थुप्रै कार्यालयका कामहरु सजिलै र प्रभावकारी ढंगबाट गर्न सकिन्छ ।
स्मार्ट हाजिरले हरेक कार्यालयको हाजिरी सिस्टमलाई व्यवस्थित र पारदर्शी बनाउनुका साथै कार्यालयमा हाजिर गर्नकै लागि भनेर छुट्टाउनुपर्ने समयलाई पनि बचाउने काम गरेको छ । एप डेभलपर उत्तम धरेलका अनुसार यो एपबाट हाजिर घरैबाट पनि गर्न सकिन्छ । उनी भन्छन्, ‘स्मार्ट हाजिरबाट कर्मचारीले हाजिरी गर्न सक्छन्, साथसाथै बिदा बस्न परेमा वा हप्ता भरीको मिटिङहरुको जानकारी सबै कर्मचारीहरुमा दिन लिन परेमा पनि स्मार्ट हाजिरको प्रयोग गर्न सकिन्छ । एस एप मार्फत क्युआर कोडबाट पनि हाजिर गर्न सकिन्छ ।’
कसरी जोडिने एपमा ?
स्मार्ट हाजिरीमा जोडिनको लागि सर्वप्रथम कम्पनीलाई सम्पर्क गर्नुपर्ने हुन्छ । कम्पनीले युजर आइडी दिन्छ र त्यसमा अरु एप्लिकेसन बनाए जस्तै आइडी बनाउनुपर्छ । लगइन पासवर्ड दिन्छ र गरिसकेपछि युजरको मोबाइलमा एप खुल्छ ।





























प्रतिक्रिया