टाटाका विद्युतीय सवारी किन्न कामना सेवा विकास बैंकले सरल कर्जा उपलब्ध गराउने

टाटाका विद्युतीय सवारी किन्न कामना सेवा विकास बैंकले सरल कर्जा उपलब्ध गराउने

केन्द्रबिन्दु
0
Shares

कामना सेवा विकास बैंकले टाटा ब्राण्डका विद्युतीय सवारी साधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको छ । 

बैंकले कर्जा सेवा उपलब्ध गराउने उदेश्यले सिप्रदी ट्रेडिङ्गसँग सम्झौता गरेको हो । एक कार्यक्रमका बीच बैंकका तर्फबाट कामु कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङ्गको तर्फबाट महाप्रबन्धक शास्वत जंग सिजापतीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता पश्चात सिप्रदी ट्रेडिङ्गबाट टाटा ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ।

 

Logo