एनआईसी एशियाका कर्मचारी र ग्राहकलाई दरबारमार्गकाे केड कम्पनीमा विशेष छुट

एनआईसी एशियाका कर्मचारी र ग्राहकलाई दरबारमार्गकाे केड कम्पनीमा विशेष छुट

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौंकाे दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रालिमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने भएका छन् ।

आज बैंकले केडसँग यस्तो सम्झौता गरेको हो । 

समझदारीपत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरे ।

उक्त समझदारी अनुसार एनआईसी एशियामा खाता खोलेर मोबाइल बैंकिङ्ग (एनआइसी एशिया मोबैंक) एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरुले उक्त केड कम्पनीमा किनमेलगरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्नेछन् भने बैंकका कर्मचारीहरुले २५ प्रतिशत छुटको फाइदा लिन सक्नेछन् ।

हाल एनआईसी एशिया बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 

Skip This
Skip This
Logo