सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार पनि सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको थियो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो । बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।

Logo