पशुपतिमा विशेष पुजा गर्न अब ७ हजार ५ सय र १५ हजार १ सय रुपैँया तिर्नुपर्ने

पशुपतिमा विशेष पुजा गर्न अब ७ हजार ५ सय र १५ हजार १ सय रुपैँया तिर्नुपर्ने

केन्द्रबिन्दु
0
Shares

पशुपतिनाथको विशेष पुजा गर्ने रकममा बढोत्तरी गरिएको छ ।

पशुपति विकास क्षेत्र कोष, सञ्चालक परिषद, देउउद्यानज गौशालाले शनिबार जारी गरेका सुचना अनुसार पराम्परागत पुजा र विशेष पुजाको शुल्क बढोत्तरी गरिएको हो । गत असार ८ गते बसेको सञ्चालक परिषदको बैठकको निर्णयानुसार शुल्क परिमार्जन गरि बढोत्तरी गरिएको कोषले जनाएको छ ।

‘भगवान श्री पशुपतिनाथ मन्दिरमा दर्शनार्थ पाल्नु हुने भक्तजनहरुवाट पराम्परागत रुपमा नै गरिने रु ५,१०० र रु ११,००० को विशेष पुजा बापत कोषको खातामा जम्मा हुने निर्धारण गरिएकोमा मिति २०७९ असार ८ गते को सञ्चालक परिषदको बैठकको निर्णयले उक्त पुजा रकमलाई क्रमशः ७५०० र १५,१०० हुने गरी परिमार्जन गरिएको छ’ आज जारी सार्वजकि सुचनामा भनिएको छ ।

विशेष प्रकृतिको पुजा लागि शुल्क लिदाँ ब्यवस्थापनमा सहज हुनुको साथै पावन पशुपत क्षेत्र विकासका लागि आवश्यक रकम प्रबन्ध गर्नसमेत यसले सघाऊ पुगाउने कोषले जनाएको छ ।

 

Skip This
Skip This
Logo