भारतीय गायक अरिजीत सिंह ‘रङ्ग दे तू मोहे गेरुआ’ गीतलाई लिएर चर्चामा

भारतीय गायक अरिजीत सिंह ‘रङ्ग दे तू मोहे गेरुआ’ गीतलाई लिएर चर्चामा


भारतीय गायक अरिजीत सिंह एकपटक फेरि पुरानो विवादलाई लिएर चर्चामा आएका छन् । लगभग एक महिनाअघि कोलकातामा अरिजीतको कन्सर्ट रद्द गरिएको थियो । कारण थियो, शाहरुख खानको चलचित्रको ‘रङ्ग दे तू मोहे गरुआ’ गीत ।

यस गीतलाई अरिजीतले कोलकाता इन्टरनेशनल फिल्म फेस्टिबलमा गाएपछि विवाद सुरु भएको थियो । यस मामिलामा गायकले अहिले आफ्नो पक्ष राखेका छन् । गत १८ फेब्रुअरीमा कोलकातामा आयोजित कन्सर्टमा अरिजीतले ४ घण्टा लामो प्रस्तुति दिएका थिए ।

विवादबारे मौनता तोड्दै उनले रङ्गको विवादले आफू निकै चिन्तित बनेको खुलाए । उनले भने, ‘यत्रो विवाद मात्र एक रङका लागि । गेरुआ रङ्ग स्वामी विवेकानन्दको सन्यासीहरुको छ । के उनले सेतो रङ्गको काम गरेको भए त्यो रङ्गमा पनि विवाद गरिन्थ्यो ?’

यसबारे टीएमसीका सांसद तापस रायले जवाफ दिएका छन्, ‘गेरुआ रङ्गमा विवाद होइन । यो हाम्रो झन्डाको हिस्सा हो । बीजेपी जहिले पनि हर कुरालाई राजनीतिक रङ्ग दिने प्रयास गर्छ ।’

Logo