अनावश्यक खर्चहरुलाई घटाइ विभिन्न उत्सवहरुमा बीमा पोलिसि उपहार स्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ । यसैबीच ललितपुर धापाखेल निवासी सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको अवसर पारेर २५ लाख रुपैयाँको समृद्ध जीवन बीमा पोलीसी उपहार स्वरुप दिएका छन् ।
उक्त बीमामा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ ।
प्रभु लाइफ पाटन शाखामा सम्पन्न साे कार्यक्रममा बागमति प्रदेश प्रमुख मदन विष्टले जीवन बीमाको महत्व दर्साउँदै बीमाको आवश्यकता बुझेर प्रभु लाइफलाई विश्वास गरी पोलिसि लिएकोमा मगर दम्पतिलाई बधाई एवम् धन्यवाद ज्ञापन गरे ।































प्रतिक्रिया