अर्थविद् तथा काठमाडौं विश्व विद्यालयका प्रोफेसर प्रा.डा.अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित नभएको बताएका छन् ।
मंगलवार काठमाडौं विश्व विद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको व्यापार खुलापनले ल्याउने आर्थिक विकास र व्यवसायको दिगोपन सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रा.डा. वाग्लेले यस्तो बताएका हुन् । सरकारले बनाउने वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित बनाउन सहयोग मिल्ने सम्मेलनको उद्देश्य रहेको उनले बताए ।
उनले नेपालमा उत्पादन भएका वस्तुहरुको विदेशमा निर्यात बनाउनको लागि वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित भएर बनाउन आवश्यक रहेको बताए । उनले तथ्य तथ्याङ्कमा आधारित भएको नीति नबनाएसम्म नेपालबाट विदेशम कति वस्तुहरु निर्यातको सम्भावना छ र अहिलेसम्म कति निर्यात भएको छ भन्ने विषयमा जानकारी हुने बताए ।
प्रा.डा. वाग्लेले सम्मेलनमा सरकारले बनाएका वाणिज्य नीतिहरु किन प्रभावकारी नभएको भन्ने बारेमा कार्यपत्र प्रश्तुत गरिने बताए । नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको भन्दै आर्थिक दिगोपनका दृष्टिले जोखिम पूर्ण रहेको उनले बताए ।
सम्मेलन मंगलवार र बुधवार गरी दुई दिनसम्म चल्नेछ । सम्मेलनमा भारत र पोल्याण्डका प्रोफेसरहरुको सहभागिता रहेको छ भने भारतबाट पूर्व वाणिज्य सचिव अनुप वाधवानको समेत सहभागिता छ ।































प्रतिक्रिया