नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना

नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना


सानिमा बैंले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “बचत र क्यासब्याक संगसंगै” योजना सार्वजनिक गरेको छ ।         

उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागू हुनेछ । योजना अवधिभर नारी बचत खाताखोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिनेछ । 

यसका साथै ग्राहकहरुलाई कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिनेछ । क्यासब्याक आगामी चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ ।

सानिमा बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको हो । सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइट अथवा  https://onlineaccount.sanimabank.com/#/login गरी खोल्न सकिनेछ ।

Logo