ग्लोबल आइएमई लघुवित्तको साधारणसभा आज बस्दै

ग्लोबल आइएमई लघुवित्तको साधारणसभा आज बस्दै

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ।

कम्पनीले आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगदगरी उक्त लाभांश वितरण गर्नेछ गर्न लागेको हो।  प्रबन्धपत्र संशोधन गरी कम्पनीले  ‘इनवार्ड रेमिट्यान्स’ सम्बन्धी कार्य गर्ने व्यवस्था पनि थप गर्ने भएको छ ।

कम्पनीको चुक्ता पुँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) को जम्मा रकमभन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । त्यसैले फागुन १५ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्

Skip This
Skip This
Logo