नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ३०० रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ३०० रुपैयाँले बढ्यो

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको मूल्य आज तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य करिब साढे ५ हजार रुपैयाँले उकालो लागेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँ थियो । यस्तै, सोही दिन तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै आज यो  बढेर १ लाख ७ हजार १०० रुपैयाँ कायम गरिएको सुनचादि महासंघले जनाएको  छ । तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ कायम छ।  साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको सुनको मूल्य  निरन्तर बढिरहेको छ । 

Logo