डेभलपमेण्ट बैँकर्स एशोसिएशनको अध्यक्षमा सुयोग श्रेष्ठ सर्वसम्मत चयन

डेभलपमेण्ट बैँकर्स एशोसिएशनको अध्यक्षमा सुयोग श्रेष्ठ सर्वसम्मत चयन

केन्द्रबिन्दु
0
Shares

डेभलपमेण्ट बैँकर्स एशोसिएशन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन् । एशोसियसनको चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे ।

साथै कार्यसमितिका उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैेंकका रामकुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका नरेश सिंह बोहरा चयन भएका छन् । सदस्यहरुमा साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रकाश पौडेल, ज्योति विकास बैंंकका श्रीचन्द्र भट्ट र डा. इन्द्र कट्टेल रहेका छन् ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुको सपथ ग्रहणसमेत सम्पन्न भइसकेको छ। वार्षिक साधारण सभाले आव २०७८-०७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आव २०७९/०८० को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु पनि सर्वसम्मतिले पारित गरेको छ ।

अध्यक्ष प्रद्युमन पोखरेलले कोभिड १९, रुस युक्रेन युद्ध, बढ्दो मुद्रास्फितिलगायतका कारणले अहिले बैंकिङ् क्षेत्र निकै नै अप्ठ्यारो अबस्थाबाट गुज्रिरहेको बताउँदै सबै सदस्य बैंकहरुलाई जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र ग्राहक सेवालाई अझ चुस्त बनाउन अनुरोध गरे।

साथै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आजका विकास बैंकहरु व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैंकहरु जस्तै भएको बताए ।

Logo