ग्लोबल आइएमईका ग्राहकलाई दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल जित्ने मौका

ग्लोबल आइएमईका ग्राहकलाई दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल जित्ने मौका

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । 

यस योजनाअन्र्तगत बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन् । 

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना चैत्र ५ देखि ११ गते (तद्नुसार मार्च १९ देखि २५) सम्म ७ दिनका लागि मान्य रहनेछ । 

यस योजनाको अन्त्यमा, बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन् । 

बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (इ–कमर्श)लाई प्रवर्द्धन गर्नु हो । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।  ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।  

Logo