सेयरको भित्री कारोबार गरेकाे आरोपमा व्यवसायी गुरू न्यौपानेविरुद्ध मुद्दा दर्ता

सेयरको भित्री कारोबार गरेकाे आरोपमा व्यवसायी गुरू न्यौपानेविरुद्ध मुद्दा दर्ता

केन्द्रबिन्दु
0
Shares

रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेले भित्री कारोबार गरेको आरोपमा मुद्दा दायर भएको छ । 

सरकारी वकिल कार्यालयमार्फत नेपाल धितोपत्र बोर्डले बुधबार काठमाडौं जिल्ला अदालतमा न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

न्यौपानेले रिडी हाइड्रोपावर कम्पनीको अध्यक्षमा रहँदा त्यही कम्पनीको सेयर विभिन्न मूल्यमा किनबेच गरेका थिए । २०७७ चैत १९ देखि २०७८ भदौ २४ सम्मको सो अवधिमा उनले २८ हजार ९ सय ५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेका थिए । त्यसपछि बोर्डले गत मंसिर २४ मा दुवै जनालाई कारबाही गर्ने निर्णय गरेको थियो ।

Logo