‘विमानस्थलमै पीसीआर परीक्षण केन्द्र स्थापना गरौं’ : होटल व्यवसायी (भिडियोसहित)

‘विमानस्थलमै पीसीआर परीक्षण केन्द्र स्थापना गरौं’ : होटल व्यवसायी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभुति गराउन सके धेरै संख्यामा पर्यटक आउन सक्ने होटल व्यवसायीहरुले बताएका छन् ।

सोमबार आयोजित कार्यक्रममा बोल्दै होटल व्यवसायीहरुले सो कुरा बताएका हुन् । होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले विदेशी पर्यटकहरुलाई नेपाल जाँदा कोभिडको संक्रमण छैन भन्ने प्रत्याभूति सरकारले गराउनुपर्ने बताए ।

सरकारले नेपालमा कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम गरेको सन्देश दिनसके नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्ने शाहको भनाइ छ । त्यसका लागि पर्यटकको पीसीआर परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै पीसीआर परीक्षण केन्द्र स्थापना गरेमा विदेशमा राम्रो सन्देश जाने र पर्यटकहरु आउन सक्ने उनको तर्क छ ।

पर्यटन क्षेत्र, होटल व्यवसाय सञ्चालनका लागि मौद्रिक नीतिमार्फत ५ प्रतिशत ब्याजदरमा वर्किङ क्यापिटल दिने कुरा आउनु सकारात्मक भएको शाहले बताए । तर सरकारले ५० अर्बको पुर्नउत्थान कोष खडा नगरेसम्म व्यवसायीले उक्त सुविधा नपाउने र कर्मचारीलाई तलब दिन र होटल सञ्चालन गर्न नसक्ने भएकाले कोषको व्यवस्था छिटो गर्न सरकारलाई आग्रह समेत गरे । उनले नीति नियममा आएको कुरालाई कार्यान्वयनमा लैजान सरकार प्रस्ट रुपमा नआउँदा व्यवसायीहरुमा अन्योलता बढेको बताए ।भिडियो :

 

Skip This
Skip This
Logo